टिपरको ठक्करबाट महिलाको मृत्यु « प्रशासन
Logo ३ माघ २०७८, सोमबार
   

टिपरको ठक्करबाट महिलाको मृत्यु


१७ मंसिर २०७८, शुक्रबार


चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ ।

लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना६ख ६७२७ नम्बरको टिपरले आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक विकास नेपाली सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस