१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

देउवाले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै काँग्रेसको अगुवाइमा ल्याइएको भन्दै काँग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको बताए ।

आज (शुक्रबार) काँग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट काँग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली काँग्रेसको अगुवाइमा प्राप्त व्यवस्था हो । काँग्रेसले सबै ठुलठुला परिवर्तनको नेतृत्व गर्‍यो । मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि काँग्रेसले नै खडा गरिसकेको छ, देउवाले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुपर्ने दायित्व हाम्रो काँधमा छ । काँग्रेसले मात्रै यो मुलुकको विकास र समृद्धिको विकास गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।’

देउवाले महाधिवेशनबाट जनतामा मन जित्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए । ‘केही महिनाभित्रै स्थानीय तहको निर्वाचन र एक वर्षभित्रै सङ्घ र प्रदेशको निर्वाचनमा जाँदै छौँ । त्यसैले यो महाधिवेशन लगत्तै हाम्रो ध्यान चुनावमा हुनुपर्छ,’ उनले अघि भने, ‘पार्टीभित्रको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनुपर्छ । महाधिवेशन लगत्तै सबै नेता कार्यकर्ता चुनावको तयारीमा केन्द्रित हुनुपर्छ ।’

१४ औँ महाधिवेशनअन्तर्गत काँग्रेसले बिहीबारदेखि प्रदेश अधिवेशन गर्दै छ । शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

काँग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेबाट काठमाडौँमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस