२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो ,तर नेपालमा नघट्ने

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

निगमका अनुसार बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो ।

तर निगमले भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने जनाएको छ ।

निगमले पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी गरेको छ ।

खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढे पछिल्लो समय बढेर आएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयल निगमको घाटा नघटेको भएर नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ ।

बिक्री-वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको छ ।

यस्तै ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने उसको दाबी छ। समग्रमा १५ दिनमा करिब १ अर्ब ९५ करोड घाटा हुने निगमले अनुमान गरेको छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको बजार मूल्य अनुरूप नेपाल र भारतको स्थानीय बजारमा समायोजित पछिल्लो मूल्य स्थिति अनुरूप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपाली सीमा बजार वीरगन्जमा पेट्रोल प्रतिलिटर ३७.४२ रुपैयाँ सस्तो र डिजेल ३०.५४ रुपैयाँ सस्तो र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर ५०.६५ रुपैयाँ सस्तो रहेको बताएको छ ।

हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस