२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन् ।

प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदाको अवस्थाबारे उल्लेख गर्दै न्यायाधीशहरु छलफलमा बस्दा पेसी तोक्न ढिला भयो भने सुनुवाइ पनि प्रभावित भयो । दैनिक बिहान १०ः१५ बजेतिर पेसी तोकिनेमा आज १ः३० मा मात्र पेसी तोकिएको थियो । बुधबारदेखि गोला प्रक्रियाबाट मुद्दामा पेसी तोक्न सुरु गरिएअनुसार आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको थियो ।

गोला प्रक्रियाबाट १० वटा इजलास गठन भएका थिए । तीमध्ये दुईवटा पूर्ण, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको थियो । ती इजलासमा कूल १९२ मुद्दा सुनुवाइका लागि राखिएको थियो ।

न्यायाधीशहरु मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलासमा ३० वटा मुद्दामा पेसी तोकिएकामा ती सबै मुद्दा नै हेर्न नभ्याइने सूचीमा छ । त्यस्तै न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा २१ मुद्दा सुनुवाइका लागि राखिएकामा सबै हेर्न नभ्याइने सूचीमा छ ।

न्यायाधीशहरु प्रकाशमान सिंह राउत र डा कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि १८ मुद्दा तोकिएकामा पूरै हेर्न नभ्याइने सूचीमा छ । न्यायाधीशहरु सपना मल्ल र तेजबहादुर केसीको संयुक्त इजलासमा २८ मुद्दामा पेसी तोकिएकोमध्ये २७ वटा हेर्न नभ्याइने सूचीमा छ ।

त्यस्तै दीपककुमार कार्कीको एकल इजलासमा १९ वटा मुद्दामा पेसी तोकिएकामा १८ हेर्न नभ्याइने सूचीमा छ । गत कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ । बन्दी र निवेदनबाहेकका मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचार गरिराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस