कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु


१६ मंसिर २०७८, बिहिबार


बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गरे ।

सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राष्ट्रमा सङ्कट परेको बेला कांग्रेसले निकास दिने गरेकाले यस अधिवेशनबाट सही नेतृत्व चयन गर्न अधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे ।

कांग्रेसले देशमा सधै नेतृत्वदायी भूमिका खेलेको बताउँदै उनले कांग्रेस लोकतान्त्रिक, सिद्धान्तवादी तथा शान्तिमा विश्वास राख्ने पार्टी भएको बताए । नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले यो अधिवेशन चुनौती र अवसरका रुपमा रहेकाले यसले सही र उत्तरदायी नेतृत्वलाई चयन गर्नुपर्ने बताए । उनले आउँदो आम निर्वाचनमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

अधिवेशनका संयोजक तथा नेता सिहंको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेता राजन केसीले सो अवसरमा अधिवेशन सफलताको कामना गरे । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस