२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा

अ+ अ-

चितवन । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ शय्याको सेवा सुरु गरिएको हो ।

दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर सो सेवा थालनी गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार दैनिक भरतपुर अस्पतालमा ३० देखि ४० जना दुर्घटनाका घाइते आउने गर्दछन् । सामान्य घाइते सरकारीमा आए पनि जटिल समस्या भएका निजी मेडिकल कलेजमा जाने गरेका छन् ।

उनले भने, ‘घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउने क्रम रोक्नका लागि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याएका हौँ ।’ उनको भनाइमा जिल्लामा निजीमाभन्दा राम्रो सरकारी अस्पतालमा घाइतेको उपचार गर्न सकिन्छ ।

सिटिस्क्यान मेसिन अस्पतालमा छ भने एमआरआइ माग गरिएको छ । उपचारका लागि विशेषज्ञ चिकित्सक पनि छन् । केही वर्षअघि घाइतेको पहिलो उपचार सरकारीमा गर्नुपर्ने भन्दै लबिङ भए पनि सफल हुन सकेको छैन ।

सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । वार्षिक रु एक करोड ५० लाख हाराहारी बजेट आउने गरेको छ । सो रकमलाई सर्जिकल सामग्री खरिदमा अस्पतालले खर्च गर्ने गरेको पौडेलले जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालले निर्माण थालेको ५० शय्याको आकस्मिक भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्ने तयारी गरेको जानकारी दिए ।

उनका अनुसार विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार भएको छ । स्वास्थ्य मन्त्रालयले आकस्मिक भवनका लागि रु नौ करोड विनियोजन गरेको छ । अपुग रकम अस्पतालले थप गरेर माथिल्लो दुई तलामा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको उनले जानकारी दिए ।

चितवन र आसपासका जिल्लाका राजमार्ग, सडक खण्ड र भित्री सडकमा धेरै दुर्घटना हुने गर्दछन् । ती दुर्घटनाका घाइतेलाई यहाँको अस्पतालमा उपचार गरिँदै आएको छ । अधिकारीका अनुसार सरोकारवालासँग छलफल गरेर घाइतेलाई पहिलो बिन्दुका रुपमा भरतपुर अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ ।

अस्पतालमा सबै सुविधा भएकाले सरकारीमा असम्भव भए मात्र निजीमा पठाउने गरी सरोकारवालासँग छलफल गरिएको हो । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

उनका अनुसार सङ्घीय अस्पतालमा हुनुपर्ने सबै सेवा प्रवाहका लागि अस्पतालमा काम भइरहेको छ । यसअघि पटक पटक प्रमुख फेरिएका कारण समस्या आएको थियो । अस्पतालले आकस्मिक सेवामा भएका १२ शय्यालाई बढाएर २० शय्या पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस