३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उनका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए ।

मङ्गलवार सो रकम ताराकुमारीसहित परिवारजनको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । चौरासी पूजा हुँदा सङ्कलित दक्षिणामा परिवारकातर्फबाट रकम थपेर अक्षयकोष राखिएको हो ।

‘आमाको सम्मानमा अक्षयकोष स्थापना गरिएको हो, यसबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्य छ,’ छोरा रामप्रसादले भने । उनले आउँदा दिनमा अक्षयकोषको रकम बढाउँदै लाने योजना रहेको सुनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर केसीले शिक्षा मन्त्रालयले तोकेको कार्यविधिअनुसार नै अक्षयकोष सञ्चालन गरिने बताए ।
उनले उक्त विद्यालयमा न्यून आय भएका परिवारका बालबालिका अध्ययनरत रहेकाले उनीहरूको शैक्षिक विकासमा अक्षयकोषबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयको सल्लाहकार समितिका संयोजक एवं समाजसेवी केवी राना मगरले शर्मा परिवारले आमाको सम्मानमा विद्यालयमा अक्षयकोष राखेर पुनीत काम गरेको उल्लेख गरे । उनले सो विद्यालयमा मजदुर, विपन्न र अल्पसङ्ख्यक समुदायका बालबालिका पढ्ने भएकाले सबै पक्षको सहयोगको खाँचो रहेको बताए ।

विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा स्थानीय समुदाय नै बढी सक्रिय हुनुपर्ने राना मगरको भनाइ छ । विसं २०५५ मा स्थापना भएको सो विद्यालयमा शारीरिक अपाङ्गता भएका बालबालिका पनि अध्ययनरत छ । विद्यालयको भौतिक संरचना अपाङ्गतामैत्री छ ।

प्रतिक्रिया दिनुहोस