काठमाडौँ । आज (मंगलबार) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । हिजो (सोमबार) ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ ।
मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । परिसूचक नेप्से भने जम्मा १.६ अङ्कले घट्यो । सो अङ्कको कमीसँगै नेप्से २६२८ अङ्कमा कायम भएको छ ।
बैङ्किङ ६, व्यापार २२, होटल तथा पर्यटन ४, उत्पादन ५१, माइक्रो फाइनान्स १० र जीवन बीमा उपसमूह ६९ अङ्कले घटे ।
विकास बैङ्क ४०, जलविद्युत ११, फाइनान्स ८, निर्जीवन बीमा ९६ र अन्य उपसमूह १४ अङ्कले बढे । समग्रमा ८६ कम्पनीको मूल्य घट्यो भने ८९ कम्पनीको बढेको छ । १४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
दुई कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । यी दुबै कम्पनी हालै सूचीकृत हुन् ।
आजको कारोबारपछि सामलिङको मूल्य प्रतिकित्ता ४१९.५० तथा न्यादीको ३४१.५० पुगेको छ । बजारको कुल पुँजीकरण ३६ खर्ब ९५ अर्ब कायम भएको छ ।