कतार सरकारद्वारा नेपाललाई ५० वटा भेन्टिलेटर सहयोग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कतार सरकारद्वारा नेपाललाई ५० वटा भेन्टिलेटर सहयोग


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कतार फन्ड फर डेभलपमेन्टमार्फत भेन्टिलेटर पठाइएको हो ।

हिजो (सोमबार) काठमाडौँस्थित कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीलाई भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।

कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको पुर्‍याएको योगदानको सम्झना गर्दै नेपाललाई आवश्यक पर्दा साथ दिन कतार सदैव तयार रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीले कोरोना महामारीसँग जुध्न सुरुवातदेखि नै कतार सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । यी भेन्टिलेटर अति आवश्यक देखिएका सरकारी अस्पतालहरूलाई उपलब्ध गराइने उनले बताए ।

कोरोना महामारी सुरु भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड उडान, स्वास्थ्य सामग्री र कोरोना विरुद्धको खोप उपलब्ध गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस