राखेप सदस्य सचिवमा घिसिङ नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राखेप सदस्य सचिवमा घिसिङ नियुक्त


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले सिमिति गठन गरेको थियो ।

दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले टंकलाल घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो ।

नेपाल रग्वि संघका अध्यक्ष समेत रहेका घिसिङ नेकपा माओवादी केन्द्रको वागमती प्रदेश सचिवालय समितिका सदस्य हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस