२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी पालिका अधिवेशन: झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत

अ+ अ-

झापा । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ ।

मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन भएका छन् भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन भएका छन् ।

पार्टीले शनिबार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये दुई नगर र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिए ।

काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत

नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिका अन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएका छन् । केही पालिकाको भने नेतृत्व चयनका क्रममा बन्दसत्र जारी छ ।

महाभारत गाउँपालिकामा कान्छालाल जिम्बाका अध्यक्षतामा ५५, खानखोला गाउँपालिकामा अविरल जिम्बाको नेतृत्वमा ५१ ,कोसीपारिस्थित भुम्लु गाउँपालिकामा प्रेम बहादुर भुजेल (बृहत) को अध्यक्षतामा ५०, रोशी गाउँपालिका डिल्लीप्रसाद रेग्मीको अध्यक्षतामा ५५ सदस्यीय र बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनाको अध्यक्षमा ५० सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।

यसैगरी मण्डनदेउपुर नगरपालिकामा निरञ्जन विष्ट (दीप)को अध्यक्षतामा ६५ ,पाँचखाल नगरपालिका कमिटीमा चेतप्रसाद गौतम (मणि)को अध्यक्षतामा ६१ ,नमोबुद्ध नगरपालिका मिन्टु लामाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी पनि चयन गरिएको छ ।

यसैगरी तेमाल गाउँपालिकामा कमिटी चयन गर्न बाँकी छ । आज बस्ने छलफलले पदाधिकारी टुङ्ग्याउने जनाइएको छ । धुलिखेल नगर कमिटीले पनि सम्मेलनको बन्दसत्रबाट ६५ जनाको कमिटी चयन गर्न बाँकी छ ।

कोसीपारिस्थित चौरीदेउराली गाउँपालिकाको आज बन्दसत्र सुरु हुने जनाइएको छ । बनेपा नगर कमिटीको शनिबार उद्घाटन सत्र सम्पन्न गरी बन्दसत्र स्थगन भएको पार्टीले जनाएको छ भने पनौती नगर कमिटीको उद्घाटन सम्पन्न भएपछि आज बन्द सत्र सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस