सिइओ पदका लागि राष्ट्रिय बिमा कम्पनीमा दरखास्त आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिइओ पदका लागि राष्ट्रिय बिमा कम्पनीमा दरखास्त आह्वान


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दरखास्त आह्वान भएको छ ।

आज प्रकाशित पदपूर्तिसम्बन्धी सूचना अनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

यसअघि राष्ट्रिय बिमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा। डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अर्याललाई सिइओ नियुक्त गरेको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अर्याललाई फिर्ता बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस