सैन्य ‘कू’को विरुद्ध हजारौँ सुडानी प्रदर्शनमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सैन्य ‘कू’को विरुद्ध हजारौँ सुडानी प्रदर्शनमा


१० मंसिर २०७८, शुक्रबार


खार्तुम । सुडानमा भएको सैन्य ‘कू’का विरुद्धमा हिजो (बिहीबार) हजारौँले प्रदर्शन गरेका छन् ।

विभिन्न पक्षसँग भएको सम्झौता विपरीत गत महिना सैनिक नेतृत्वले सरकार कब्जा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनकारीहरुले सैन्य ‘कू’ अमान्य रहेको र सर्वपक्षीय सरकार बनाउनु पर्ने माग राखेका छन् । उनीहरूले जनताको शक्ति जनताका प्रतिनिधिलाई नै दिन पनि सैनिक नेतृत्वसँग माग गरेका छन् ।

सैनिक जनरल अब्दुल फताह अल बुर्हानले गत अक्टोबर २५ मा प्रधानमन्त्री अब्दुल्ला हमडकलाई अपदस्त गरिएको घोषणा गरेका थिए । तर देशव्यापी आन्दोलन र अन्तर्राष्ट्रिय दबाबका कारण गत आइतबार मात्रै उनलाई पुनर्बहाली गरिएको थियो ।

प्रदर्शनकारीले भने सैन्य नेतृत्वप्रति अविश्वास गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन सुरु भएदेखि अहिलेसम्म देशभरी ४२ जनाको मृत्यु भएको जनाइएको छ ।

तत्कालीन शासक ओमर अल बशिरलाई अपदस्त गरेपछि सन् २०१९ देखि हमडकलाई अन्तरिम प्रधानमन्त्री बनाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस