२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले केन्द्रीय सदस्यमा दमकबाट तीन जनाको उम्मेदवारी घोषणा

अ+ अ-

दमक । नेकपा एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा दमकका तीन जना जनप्रतिनिधिसमेत रहेका नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

यसरी उम्मेदवारी घोषणा गर्नेमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, १ नम्बर प्रदेशसभा सदस्य अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली रहेका छन् । उनीहरूले आफ्ना सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । तीनै जना उम्मेदवार दमक– ५ का बासिन्दा हुन् ।

दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशसभा सदस्य राईले आदिवासी जनजातिको क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरे ।

यसै गरी राष्ट्रियसभा सदस्य दाहालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । हाल केन्द्रीय कमिटी सदस्यसमेत रहेका नेता दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन् ।

यसै गरी दमक नगरपालिकाका प्रमुख ओलीले प्रदेश १ को भूगोलबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । दमकमा पत्रकार सम्मेलन गरेर उनले पार्टीको सङ्गठनात्मक सुदृढीकरणका साथै पार्टीले लिएको नीतिलाई जनतामाझ सशक्त रूपमा पुर्‍याउन आफूले उम्मेदवारी दिने बताए । विसं २०३८ देखि पार्टी गतिविधिमा क्रियाशील रहेको स्मरण गर्दै उनले आफ्नो अब पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गरे ।

एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनले प्रदेश १ को भूगोलबाट दुई महिला र खुलाबाट दुई गरी कूल चार जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस