ज्येष्ठ नागरिकले अव वडा वाटै परिचयपत्र पाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ज्येष्ठ नागरिकले अव वडा वाटै परिचयपत्र पाउने


८ मंसिर २०७८, बुधबार


भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई परिचयपत्र जारी गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरेको छ । गाउँपालिकाको उक्त निर्णयसँगै अव वडा कार्यालयवाट नै ज्येष्ठ नागरिक परिचयपत्र पाइने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतमा निहित रहेको अधिकार वडा सचिवलाई प्रत्यायोजन गरेसँगै यो सुविधा ज्येष्ठ नागरिकले वडाबाटै पाउने भएका हुन् । ज्येष्ठ नागरिकले अव तीन घण्टा चार घण्टा हिँडेर परिचयपत्र पाउनकै लागि गाउँपालिका सम्म धाउने व्यवस्थाको अन्त्य भएको प्रमुख प्रशासकीय अधिकृत बाबु नन्दन मेहताले बताए ।

रामप्रसादराई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित बनाउन ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू लगाएको यथार्थ विवरण सङ्कलनको लागि घरघरमै कर्मचारी खटाउने व्यवस्था मिलाएको छ । जसबाट यथार्थ विवरण सङ्कलनमा टेवा पुग्ने र भत्ता वितरणमा समस्या न आउने विश्वास गाउँपालिकाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस