२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कायत समुदाय मत गणनामा सहभागी हुने

अ+ अ-

बलेवा । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् ।

ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् ।

राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने जानकारी कायत एकता समाजले कात्तिकको अन्तिम साता दिएको थियो ।

जातीय पहिचानका आधारमा सरकारले विभिन्न स्थानमा आरक्षणलगायत छुट दिँदै आएको भए पनि पहिचानविहीन भएको भन्दै कायत समुदायले जनगणना बहिष्कार गर्ने निर्णय गरेका थिए ।

तथ्याङ्क कार्यालयका प्रमुख मुकुन्दप्रसाद शर्मा लगायतको टोलीले मङ्गलबार उनीहरुसँग भेटघाट गरेको थियो ।

भेटघाटका क्रममा कायत समुदायको पहिचानका लागि पहल र विभिन्न ठाउँमा सिफारिस गर्ने प्रतिबद्धता जनाएपछि जनगणनामा सहभागी हुन राजी भएको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिए ।

‘जिल्ला तथ्याङ्क कार्यालय बागलुङको टोलीले हामीहरुसँग बैठक बसेर पहल गर्छु भनेपछि हामी जनगणनाका लागि राजी भएका छौँ’, कायत भन्छन्, ‘पहल गर्छौँ भनेर प्रतिबद्धता जनाएपछि मात्र जनगणनामा सहभागी हुन हामी राजी भएको हौँ ।’

हाल ढोरपाटनमा कायत समुदायका करिब ८० घरपरिवार बसोबास गर्दै आएका छन् । कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरिनुपर्ने उनीहरुले बताउँदै आएका छन् । कायत नौथर समुदायभित्र पर्दछन् ।

नौथरभित्रकै पसाई र पुजाय थर लोप भइसकेका छन् । सहमतिपछि बुधबार उनीहरुको जनगणना गरिने शर्माले तथ्याङ्क तथा जनगणना कार्यालयका प्रमुख शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस