आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भए पनि अरू क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ।

बुधवार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति पनि देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसैबिच देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस