२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राती १० बजेपछि बाजा बजाउन रोक

अ+ अ-

वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ ।

विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो ।

यसै गरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होटेल बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो ।

यसै गरी, वीरगन्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

गाँजा खेती शून्यमा झार्ने अभियान

पर्सा प्रहरीले पछिल्लो पटक गाउँ गाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको छ ।

गाँजा खेती निरुत्साहित गर्न गाउँ गाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

पछिल्लो पटक केही दिनअघि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको ठोरी गाउँपालिकामा ११ बिघा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको थियो ।

ठोरी गाउँपालिकामा सङ्गठित रुपमा समूहमा गाँजा खेती लगाइएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो ।

ठोरी गाउँपालिका–३ को ब्रह्मनगर, रामनगर तथा जङ्गल छेउछाउ लगायतका क्षेत्रमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

गाँजा खेती गर्ने व्यक्तिको पहिचान गरी मुद्दा दर्ता गरिनेछ । गाँजा खेती धेरै लगाइएको तथा प्रहरीको आँखा नपुग्ने गरी जङ्गल छेउछाउमा लगाएको भए पनि प्रहरीले गाँजा खेती नष्ट गर्न सफल भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस