एमालेको स्थायी कमिटी बैठक ११ बजे बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेको स्थायी कमिटी बैठक ११ बजे बस्दै


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।

बैठक मङ्गलवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।

बैठकमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनीतबारे छलफल हुनेछ ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस