२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा महिला अभिनीत ‘शो’ र चलचित्र प्रसारण नगर्न तालिबानको निर्देशन

अ+ अ-

काठमाडौँ। तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई ‘अनैतिक देखिने’ र महिना अभिनीत कार्यक्रम टेलिभिजनमा प्रसारण गर्न नपाइने भन्दै निर्देशन जारी गरेको छ ।

हिजो (आइतबार) तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई विभिन्न धार्मिक निर्देशिका जारी गर्दै महिलाले अभिनय गरेका कार्यक्रम तथा टेलीश्रृंखला प्रसारण नगर्न भनेको हो ।

निर्देशिकालाई बाध्यात्मक आदेश भन्दा पनि ‘धार्मिक निर्देशिका’को रुपमा लिनुपर्ने पनि तालिबानको भनाइ छ ।

तालिबानको सदाचार प्रवर्द्धन तथा दुष्कर्म रोकथाम मन्त्रालयले जारी गरेको निर्देशिकामा ८ वटा नियम छन् । यसमध्ये इस्लामिक वा अफगान मूल्य(मान्यता विपरीतका चलचित्र वा शोमाथि प्रतिबन्ध लगाउनुपर्ने नियममा उल्लेख छ ।

त्यस्तै, पैगम्बर मोहम्मद वा सम्मानित अन्य धार्मिक व्यक्तिलाई टेलिभिजनमा देखाउन नहुने समेत निर्देशिकामा भनिएको छ । मन्त्रालयद्वारा जारी निर्देशिकाअनुसार इस्लाम धर्म वा शरिया कानुनको अपमान गर्ने वा अफगानिस्तानको अपमान गर्ने खालका हास्य एवं मनोरञ्जनात्मक सामग्री पनि टेलिभिजनमा देखाउन पाइने छैन ।

टेलिभिजनमा पुरुषको नग्न शरीर देखाउने समेत अनुचित भएको मन्त्रालयको भनाइ छ । यसबाहेक, मन्त्रालयको निर्देशिकामा टेलिभिजनका महिला पत्रकार तथा प्रस्तोताले हिजाब लगाएर मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यसअघि अमेरिकी सेनाको बहिर्गमनसँगै २० पछि पुन: सत्तामा आएको तालिबानले महिलालाई विद्यालय जानबाट रोकेको थियो । तालिबानले १९९० को दशकमा समेत आफ्नो सत्ता हुँदा महिलालाई शिक्षा लिन र काम गर्नबाट वञ्चित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस