रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ: राष्ट्रपति पुटिन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ: राष्ट्रपति पुटिन


३ मंसिर २०७८, शुक्रबार


मस्को । रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् ।

दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने – हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौँ ।

उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरजातीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए ।

राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको समेत टिप्पणी गरेका छन्।

हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौँ, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस