२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा ७०० बिघा जमिनमा सिँचाइ पुर्‍याइने

अ+ अ-

परासी । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ ।

सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् ।

लुम्बिनी प्रदेश सरकारले रु बीस करोड २३ लाख ३७ हजार लागत अनुमान गरी बजेट विनियोजन गरेको उक्त सिँचाइ आयोजनाले सरावल गाउँपालिका–१ र २ का आठ सयभन्दा बढी कृषक प्रत्यक्ष लाभावन्ति हुने अपेक्षा गरिएको छ ।

सरावल–१ मा आयोजनाको शिलान्यास गर्दै प्रदेशसभा सदस्य बैजनाथ चौधरीले यस सिँचाइ आयोजनाबाट कृषकलाई ठुलो लाभ हुने विश्वास व्यक्त गर्दै कृषि उत्पादन वृद्धि हुने र कृषिको आधुनिकीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

वर्षौँदेखि सिँचाइको समस्या भोग्दै आएका यस क्षेत्रका कृषकको समस्यालाई दृष्टिगत गर्दै नेता चौधरीकै पहलमा यो आयोजना निर्माण हुन लागेको हो ।

२०७९ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो सिँचाइ आयोजना करिब ६ किलोमिटरको रहने प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ महाशाखाका प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।

आयोजना निर्माण सम्पन्न गर्न तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै ठेक्कामार्फत तीन वटा निर्माण कम्पनीलाई जिम्मा दिइएको उनले बताए ।

उनका अनुसार पहिलो खण्ड हिम्डुङ्ग एण्ड थोकर–तिरुपति जेभी सुनवल नवलपरासी, दोस्रो खण्ड बाबुल–नारायण–खेम तारा जेभी बुटवल र तेस्रो खण्ड काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँले निर्माणको जिम्मा पाएको छ ।

यस आयोजनाबाट बासाबसही, दङ्गिया,मगरमुढाहा, जावा,मनरीसम्मका कृषकले प्रत्यक्ष लाभ लिने दङ्गिया–पेटबन्हिया सिँचाइ जल उपभोक्ता समिति सरावलका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।

‘हामीलाई सिँचाइका लागि निकै समस्या थियो, यो तयार भएपछि कृषकले लाभ पाउनेछन्, आय स्तर बढ्नेछ, अन्न उत्पादन बढ्नेछ, यो छिटो बन्नुपर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस