२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

सरस्वती बहुमुखी क्याम्पस, रिसर्च म्यानेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै उनले शैक्षिक थलोमा प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीले राजनीतिक विचारको प्रवेश गराउन नहुने बताए ।

सोही क्याम्पसका पहिलो प्रिन्सिपलका रुपमा समेत कार्य गरेका उनले शिक्षक वा विद्यार्थीले सफलता प्राप्तिका लागि आफैँभित्र प्रतिस्पर्धा गर्न सुझाव दिए । क्याम्पस प्रमुख डा. गोलमान गुरुङले क्याम्पसबाट लाखौँ विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरिसकेको उल्लेख गर्दै भने, ‘पठनपाठनमा वैचारिक कुरा ल्याउन हुँदैन ।’

कार्यक्रममा सहायक क्याम्पस प्रमुख ईरा श्रेष्ठ, प्रा डा. षडानन्द पौडेल, प्राध्यापक सङ्घ एकाइ उपसभापति डा. कल्पना लुइँटेल, आरएमसी प्रमुख यादवमणि उपाध्याय, अनुसन्धानकर्ता मुक्ति रिजालले अन्तर्राष्ट्रिय स्तरको यस जर्नलले निरन्तरता पाओस् भनी शुभकामना दिए।

ओपन एसेस–ब्लाइन्ड रिभ्यू जर्नलका रुपमा रहेको अर्धवार्षिक ‘इन्टरडिसिप्लिनरी जर्नल अफ म्यानेजमेन्ट एन्ड सोसल साइन्सेस’ प्रिन्ट र अनलाइन दुवै स्वरुपमा उपलब्ध छ ।

जर्नलको प्रधान सम्पादकमा डा. रामहरि शर्मा लम्साल तथा सम्पादकद्वयमा जमुना श्रेष्ठ र गणेशदत्त पन्त छन् । जर्नलमा विभिन्न १८ अनुसन्धानमूलक लेख प्रकाशित छन् ।

विसं २०१६ मा स्थापित सो क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायका स्नातक/स्नातकोत्तर कार्यक्रम बिहानी, दिवा र रात्रि सत्रमा सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस