लाइसेन्सको आवेदन अब बिहान १० देखि साँझ ५ बजेसम्म « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लाइसेन्सको आवेदन अब बिहान १० देखि साँझ ५ बजेसम्म


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । यातायात व्यवस्था विभागले एक हप्ताका लागि कार्यालय समयमा आवेदन लिन बन्द गरेको छ । सवारी चालक अनुमति पत्र(लाइसेन्स) को लागि फारम भर्न अनलाइन प्रणालीमा अधिक चाप परेको भन्दै विभागले एक हप्ताका लागि १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिन बन्द भएको जनाएको हो । 

अधिक चापले गर्दा यातायात व्यवस्था कार्यालयहरूबाट हुने दैनिक सवारी चालक अनुमति पत्र सम्बन्धी कार्यमा असर परेको विभागको भनाइ छ ।

विभागले सोमबार एक सूचना प्रकाशित गर्दै कार्यालय समयमा अनलाइन आवेदन बन्द गरिएको जनाएको हो । प्रणालीको लोड(चाप) व्यवस्थापन कार्य सम्पन्न भएपछि मात्र अनलाइन आवेदन प्रणाली सञ्चालन हुने जनाएको छ । 

विभागले गत कात्तिक ८ गते नयाँ लाइसेन्सका लागि आवेदन खुल्ला गरेको थियो । नयाँ लाइसेन्सका लागि अहिलेसम्म करिब चार लाखले आवेदन दिएको विभागले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस