वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई पर्यटन मन्त्रालयमा तानियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वायुसेवा निगमका महाप्रबन्धक पौडेललाई पर्यटन मन्त्रालयमा तानियो


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई सरकारले पर्यटन मन्त्रालयमा तानेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा हाजिर हुने गरी हिजो (आइतबार) नै पत्र पठाइएको स्रोतले जनाएको छ ।

महाप्रबन्धक पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कामकाज गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो ।

नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिकाविहीन भएका थिए ।

पौडेलले सामाजिक सञ्जालमार्फत आफू कुनै पनि कार्यकारी भूमिकामा नरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस