२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा मजदुरी गर्ने भन्छन्: युवा शक्ति रोकिए मात्रै समृद्धि

अ+ अ-

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो ।

आर्थिकरुपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुगेका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउँछन् ।

‘गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन’, उनले भने, ‘युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन ।’

नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन् । ‘हाम्रो जस्तो दुःखको काम यहाँ भारतीयले गर्न आँटसम्म गर्दैनन्’, रावलले भने, ‘यहाँ युवादेखि वृद्धसम्म मजदुरीमा सक्रिय छन् ।’

उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको बताए । ‘युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा छन्’, उनले भने, ‘नेताहरुले सपना देखेको समृद्धिको बाटोमा जान युवा शक्तिलाई मुलुकभित्रै राख्न सके मात्रै सम्भव होला ।’

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो । सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँ नागरिक रोजगारीका लागि भारत जाने क्रम दैनिकजसो चलिरहेको छ ।

त्यसैगरी नैनीतालमा होटलमा गार्डका रुपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको बताए । ‘नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छु’, ६१ वर्षीय बुढाले भने, ‘गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ ।’

उनले पनि मुलुकभित्र परिवर्तन आए पनि विपन्न र युवाका लागि परिवर्तनको कुनै आभास नभएको बताए । ‘नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिवर्तन ?’, उनले भने, ‘युवा शक्तिलाई मुलुकको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन ।’

त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको बताए । ‘नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो’, शाहीले भने , ‘हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो ।’

शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाई, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताए । ‘अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैन’, उनले भने, ‘नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन् ।’