सर्वोच्चभित्र पसेर प्रदर्शन गर्न खोज्ने कानून व्यवसायीको माइक खोस्यो प्रहरीले « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सर्वोच्चभित्र पसेर प्रदर्शन गर्न खोज्ने कानून व्यवसायीको माइक खोस्यो प्रहरीले


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।

केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ ।

नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता गर्न र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरी अधिकृतलाई भनेका छन् । माइक नपाएपछि कानुन व्यवसायीहरुले अघिल्लो दिनमा जस्तो प्रदर्शनस्थलमा भाषण गरेका छैनन् । उनीहरु यथास्थानमा धर्नामा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस