चीन र अमेरिका शीर्ष नेताहरूको बैठक बारे निकट संवादमा : परराष्ट्र प्रवक्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीन र अमेरिका शीर्ष नेताहरूको बैठक बारे निकट संवादमा : परराष्ट्र प्रवक्ता


२६ कार्तिक २०७८, शुक्रबार


बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाका बारेमा निकट सम्पर्कमा रहेको बताएका छन।

प्रवक्ता वाङ वेनबिनले दैनिक समाचार ब्रिफिङमा शुक्रबार यस सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेका हुन् । उनले यो वर्ष राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच दुईपटक टेलिफो वार्ता भएको बताए ।

सो अवसरमा दुवै राष्ट्र प्रमुखले विभिन्न माध्यमबाट नियमित सम्पर्क राख्ने सहमति गरेको पनि उनले जानकारी दिएका छन् ।
‘हामी आशा गर्छौं कि अमेरिकी पक्षले बैठकलाई सफल बनाउन र चीन(अमेरिका सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन चीनसँग मिलेर काम गर्नेछ,’ प्रवक्ताले भने।

Tags :
प्रतिक्रिया दिनुहोस