काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३९७ जना संक्रमित थपिएका हुन् ।
११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।
३८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ ।
त्यस्तै, काठमाडौँ उपत्यकामा १७१ थपिएका छन् । जसमध्ये काठमाडौँमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित छन् ।