लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर


२६ कार्तिक २०७८, शुक्रबार


इस्लामाबाद । अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ।

पाकिस्तानको सहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो । त्यसै गरी उक्त सूचीमा कराँची पाँचौँ स्थानमा रहेको छ ।

गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ ।

यसैबीच, पाकिस्तानको पन्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस