टिग्रेका लागि सहायता बोकेका राष्ट्रसङ्घका ट्रक इथियोपियाली सरकारद्वारा नियन्त्रण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिग्रेका लागि सहायता बोकेका राष्ट्रसङ्घका ट्रक इथियोपियाली सरकारद्वारा नियन्त्रण


२५ कार्तिक २०७८, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको छ ।

ती ट्रकहरुमा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।

तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन्।

उनले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिए ।

उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसङ्घले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन् ।

इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिंसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहयता पठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस