मधेसी समुदायलाई लक्ष्य गरेर श्रममन्त्री श्रेष्ठको आपत्तिजनक अभिव्यक्ति « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मधेसी समुदायलाई लक्ष्य गरेर श्रममन्त्री श्रेष्ठको आपत्तिजनक अभिव्यक्ति


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२र१४ जना मन्त्री बनायो ।’ ओलीले मन्त्रीमा श्रीमान् श्रीमतीलाई आलोपालो अवसर दिएको र मन्त्रीलाई खरिदार, मुखियाजस्तो सरुवा गरेको टिप्पणीसमेत मन्त्री श्रेष्ठले गरेका थिए ।

मन्त्रीको अभिव्यक्तिबारे बुझेर पार्टीले कदम चाल्ने महासचिव वेदुराम भुसालले बताए । उनले भने, ‘उहाँले के भन्नुभएको छ, त्यो त मलाई शब्दशः थाहा छैन तर केपी ओलीले उपप्रधानमन्त्री बनाउनुभएका राजेन्द्र महतोले यो देशबाट स्वराज, मुक्ति आन्दोलन चलाउँछु भन्नुभएको थियो, त्यसैलाई संकेत गर्नुभएको होला । उहाँले के बोल्नुभएको हो र कस्तो आशय छ, त्यो सोध्नुपर्ला ।’

Tags :
प्रतिक्रिया दिनुहोस