मन्त्री साहद्वारा छठका व्रतालुलाई नगदसहित सारी वितरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्री साहद्वारा छठका व्रतालुलाई नगदसहित सारी वितरण


२४ कार्तिक २०७८, बुधबार


राजविराज । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन् ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन् ।

स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन प्रोत्साहन गर्न सानो सहयोग गरेको बताए ।

छठ पर्वको जगेर्नामा मधेशका महिलाको ठुलो योगदान रहेको चर्चा गर्दै प्रदेश सरकार सबै जातजातिको सांस्कृतिक पर्वको संरक्षणमा प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी तराई मधेश प्रदेश समितिका सदस्य दिनेश यादव, जसपा नेता देवेन्द्र झा, जसपा क्षेत्रीय अध्यक्ष रामचन्द्र साहलगायत स्थानीय नेताको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस