काठमाडौँ । पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ५६३ जना संक्रमणमुक्त भएका छन् ।