काठमाडौँ । पछिल्लो २४ घण्टामा १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना संक्रमणमुक्त भएका छन् ।