भारतमा थप १२ हजार नयाँ सङ्क्रमित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भारतमा थप १२ हजार नयाँ सङ्क्रमित


१८ कार्तिक २०७८, बिहिबार


नयाँदिल्ली । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् ।

सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्या एक लाख ४८ हजार ५७९ रहेको छ । तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ ।

भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल सङ्ख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस