२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलबाट भन्सार छलेर ल्याइएको ५१ लाख मूल्यको सामान बरामद

अ+ अ-

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयाँ बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ ।

प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो ।

लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुई वटा जिपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा लगाउने कस्मेटिक) रहेको छ ।

यस्तै कुर्ता सुरुवाल सेट २ सय ३६ थान, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान रहेको डिएसपी थापाले बताए ।

यस्तै विभिन्न ब्रान्डका जुत्ता, टिसर्ट लगायतका सामान पनि बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।

पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करिब साढे ५१ लाख मूल्याङ्कन गरेको छ ।

बरामद सामानसँगै जिप चालक सैनामैना-२ का ४० वर्षीय तुलसी थारु र सोही ठाउँका ४० वर्षीय मीनप्रसाद भण्डारी पनि पक्राउ परेका छन् ।

बरामद भएको सामान र पक्राउ परेका चालकसहित दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए ।

प्रतिक्रिया दिनुहोस