२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप हुने

अ+ अ-

तनहुँ । आगामी मङ्सिर ११ देखि २२ गतेसम्म दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप २०७८ प्रतियोगिता हुने भएको छ । गाउँपालिका कार्यालयले आज दमौलीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

ऋषिङ समृद्धिको आधार, कृषि संस्कृति पर्यटन र पूर्वाधार भन्ने मूलनाराका साथ गत वर्षदेखि सुरुवात भएको भलिबल प्रतियोगितालाई यसवर्ष पनि नितरन्तरता दिन लागेको गाउँपालिका कार्यालयले जनाएको छ ।

जिल्लाको दक्षिण भेगमा पर्ने ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण पालिकाको रुपमा परिचित ऋषिङ गाउँपालिकालाई विकास निर्माणको साथै खेलकूद क्षेत्रको केन्द्रका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । जनप्रतिनिधि निर्वाचित भएर आएको दोस्रो वर्षदेखि नै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट सुरु गरिएको उनले बताए ।

तेस्रो वर्षदेखि विकास निर्माणका कार्यलाई तीव्रता दिँदै खेल जगतलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको हो । अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाको साथसाथै मुलुकभरका खेलाडीको प्रतिभालाई ऊजागर गर्न यो प्रतियोगिता प्रभावकारी बन्दै गएको छ ।’ प्रतियोगितामा प्रथम हुनेले एक लाख ४० हजार, दोस्रोले एक लाख, तेस्रोले रु ६० हजार र सान्त्वना हुनेले रु तीस हजार नगद तथा प्रमाणपत्र पाउने छ ।

उक्त प्रतियोगिता ऋषिङगाउँपालिका–१ झापुटारमा हुने आयोजक समितिले जनाएको छ । गतवर्ष १७ टिमले प्रतियोगितामा सहभागी जनाएका थिए । अध्यक्ष श्रेष्ठले भने, ‘यसवर्ष कम्तीमा ५० टिम सहभागी हुने लक्ष्य छ ।’ गत वर्ष समय कम भएको र एकै साथ अन्य पालिकामा पनि खेल सञ्चालन भएकोले सोचेअनुरुप खेलाडी टिम सहभागी हुन नसकेको जनाइएको छ । यसपटक भने समय भएकाले उत्साहजनक खेल हुने विश्वास आयोजक समितिले लिएको छ ।

खेलकूद क्षेत्रको लागि गाउँपालिका सभाबाट ६ लाख र अतिरिक्तमा तीन लाख विनियोजन गरेको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी महिलालाई पनि खेल क्षेत्रमा उत्साहित गर्न चैते दसैँको अवसरमा ऋषिङगाउँपालिका–५ पिपलटारमा उपाध्यक्ष भलिबल कप आयोजना गरिएको छ । प्रतियोगितामा भाग लिन चाहने टिमलाई पाँच हजार शुल्क तोकिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिसस सदस्य नीलबहादुर थापा, गाउँपालिकाका कानूनी सल्लाहकार परशुराम गिरी, नेपाली काँग्रेस जिल्ला सदस्य मोहन गिरी, नेकपा (एमाले) ऋषिङका सचिव कविलास श्रेष्ठ लगायतका वक्ताले खेल प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट जागरुक बन्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस