२०३० भित्र वनजंगल फँडानी रोक्न विश्वका नेताहरू सहमत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२०३० भित्र वनजंगल फँडानी रोक्न विश्वका नेताहरू सहमत


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वनजंगल फँडानी रोक्न सहमत भएका छन् ।

उक्त सहमतिमा आज (मंगलबार) एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् ।

यो सहमतिलाई सम्मेलनको एक महत्त्वपूर्ण उपलब्धिको रुपमा लिइएको बिबिसीले जनाएको छ । सहमतिमा हस्ताक्षर गर्ने देशहरूले विश्वको ८५ प्रतिशतभन्दा बढी वनजंगल क्षेत्र ओगट्छन् ।

वनजंगल विनाश हुनुलाई जलवायु परिवर्तनको एक कारण मानिन्छ ।

सहमतिमा वन क्षेत्रको पुनः स्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बिबिसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस