२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतबीच स्वास्थ्यमा निरन्तर सहकार्य : मन्त्री खतिवडा

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पाटोका रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य थप अगाडि बढाउनुपर्ने बताए ।

उनले कोभिड–१९ को महामारीको विषम परिस्थितिमा पनि भारतबाट नेपालमा औषधि, अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनीय रहेको बताए । ‘सबै लक्षित जनसङ्ख्यालाई यथाशक्य चाँडो कोभिड-१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत्वपूर्ण छ’, उनले भने ।

मन्त्री खतिवडाले नेपालमा मिर्गौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै करिब २०० वटा डाइलाइसिस मेसिन उपलब्ध गराई दिनसमेत अनुरोध गरे । भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अङ्गका रुपमा रहेको भन्दै मन्त्री खतिवडाले प्रशंसा गरे ।

भारतले नेपाल र भारत दुई देशले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपसी मान्यता दिने गरी ल्याएको प्रस्तावको विषयमा परराष्ट्र मन्त्रालयको सुझावबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति आएपश्चात् मात्र प्रक्रिया अगाडि बढ्ने विचारसमेत मन्त्रीले राखे ।