नयाँ सरकार गठनका लागि प्रदेश १ मा ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी पेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ सरकार गठनका लागि प्रदेश १ मा ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी पेश


१५ कार्तिक २०७८, सोमबार



विराटनगर । प्रदेश १ का पाँच दलीय गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ आवहन गरे लगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन का लागि आजै दाबी पेश गरेका हुन्। विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको हो।

विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका छन्।

नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्। ५० जना सांसदको समर्थन रहेको बताइए पनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौँमा रहेको कारण उनको हस्ताक्षर छैन।

Tags :
प्रतिक्रिया दिनुहोस