काठमाडौँ । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने ४९० जना संक्रमणमुक्त भएका छन् ।