१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक विपत्तिको चपेटामा मध्य भोटेकोसी, एक वर्षभित्रमा सक्ने लक्ष्य

अ+ अ-

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रका कम्पनी मोडलबाट आयोजना निर्माण गर्ने विषयमा चिलिमे जलविद्युत् कम्पनीले एउटा मानक स्थापित गर्‍यो ।

स्थानीयवासी र आम नेपालीको शेयर लगानी रहने गरी आयोजना निर्माण गर्ने नेपाली मोडलले खासमा ऊर्जा क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई समेत प्रेरित गर्‍यो ।

सोही प्रेरणाले सोही कम्पनीको मातहत रहने गरी अन्य चार वटा आयोजनासमेत अगाडि बढाइयो । त्यसमा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोसी रहेका छन् ।

जुन लक्ष्य र उद्देश्यका साथ आयोजना अगाडि बढाइयो, त्यसमा लागत र समयका हिसाबले भने हालसम्म सफलता प्राप्त हुन सकेको छैन । चिलिमे कम्पनी मातहत रहेका अधिकांश आयोजना रुग्ण अवस्थामा नै छन्भन्दा फरक पर्दैन ।

तोकिएको समय सीमामा आयोजना निर्माण हुनुको साटो लागत बढ्ने र समय मात्रै थपिने क्रम जारी रहेको छ । कतै निर्माण व्यवसायीको कमजोरी छ भने कतै अन्य प्राविधिक समस्या पनि उत्तिकै छ । यस्तै, समस्यै समस्यामा फसेको आयोजनाका रुपमा रहेको छ मध्यभोटेकोसी ।

शेयर कारोबार मापक परिसूचक उच्च विन्दुमा पुगेका कारण सो कम्पनीको साधारण शेयरमा आम लगानीकर्ताको आकर्षण भए पनि आयोजनाको काम गर्ने तरिका र शैली भने असाध्यै धिमा गतिमा रहेको छ । यसलाई मानिसहरुले कछुवा गतिको नमुनाका रुपमा चिनाएका पनि छन् ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको समग्र निर्माण हालसम्म ७५ प्रतिशत मात्रै सकिएको छ । यो आयोजना दुई वर्ष पहिल्यै सकिनुपर्ने थियो ।

पछिल्लो समय सीमा अनुसार आयोजना अब २०७९ पुसभित्र सक्ने लक्ष्य राखी अगाडि बढाइएको छ । तर सो समयमा समेत सकिने वा नसकिने भन्नेमा अहिल्यै पूर्वानुमान गर्न भने गाह्रो छ ।

आयोजनाको बाँध, बालुवा थिग्र्याउने पोखरीलगायत मुख्य संरचनाको निर्माण बर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युत् गृह भवन निर्माण आगामी पुसभित्र र ७।२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।

विसं २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाखको गोरखा भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माण स्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो प्रवर्द्धक कम्पनीको दाबी छ ।

प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रो मेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजनाको प्रवर्द्धक मध्यभोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार आयोजनास्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको सम्बद्ध कम्पनीले जनाएको छ ।

टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति उत्साहजनक देखिएको दाबी गरे ।

‘आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महँगो ब्याजदरमा ऋण काढेर भए पनि शेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहेको छ भने विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्’, घिसिङले भने ।

उनले भने, ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधैँ तयार छौँ, आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौँ, अब संशोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौँ भनेर निर्देशन दिइएको छ ।’

प्राधिकरणका उप कार्यकारी निर्देशकसमेत रहेका कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नुपर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्य सम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने देखिएको बताए ।

ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरु बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रो मेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो ।

इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरु आयोजनास्थलमा ल्याइसकेको छ । गत वर्ष भोटेकोसी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरुमा क्षति पुर्‍याएको थियो ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु १५ अर्ब तीन करोड दुई लाख ९० पुगेको छ ।

निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा नेपाल विद्युत् प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावरको समान एक÷एक प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कूल ४९ प्रतिशत सर्वसाधारण शेयर धनी समूहमा ९कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९।५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३।५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० र सर्वसाधारणको–१५ प्रतिशत० रहेको छ । कम्पनीले साधारण शेयर निष्कासन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षा याममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु दुई अर्ब ९० करोड आम्दानी हुनेछ । तर आयोजनाको समय र लागत बढ्दै जाँदा सो आम्दानीसमेत गुम्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस