“मान्छे”प्रकृतिको जटिल सृजना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

“मान्छे”प्रकृतिको जटिल सृजना


१३ कार्तिक २०७८, शनिबार


मनको शुद्धता जोख्ने तराजु हुने भए,

के हुन्थ्यो होला मान्छेको हाल !

आफैलाई जोखेर हेरौँ त एक पल।

इमान्दारीता नाप्ने औजार हुँदो हो त,

कति उदाङ्गो देखिँदो हो मान्छे !

अनुमान गरौँ त एक पल ।

चरित्र देखिने ऐना हुँदो हो त,

के सहजै अगाडि उभिँदो हो मान्छे ?

मन भित्रको कुरा नवोलिकन,

अर्कोले जान्न सक्ने भए,

यो दुनियाँको के अस्तित्व हुन्थ्यो,

अड्कल गरौँ त एक पल ।

कति जटिल छ है मान्छे !

अनि कति रहस्यात्मक छन् मान्छेका सम्बन्धहरू,

अनि कति कलुषित छन् मान्छेका स्वार्थहरू ।

उति नै जटिल प्रकृतिको सृजना पनि,

सृष्टि आफै गर्छ प्रकृति,

त्यसमा आफै जटिलता थप्छ प्रकृति।

प्रतिक्रिया दिनुहोस