एमाले दशौँ महाधिवेशनमा केन्द्रित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले दशौँ महाधिवेशनमा केन्द्रित


१३ कार्तिक २०७८, शनिबार


काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ ।

पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन गरिएको छ ।

बैठकको समापनमा अध्यक्ष केपी शर्मा ओलीले गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीति र विधिमा मतैक्यता देखिएको र पालिकास्तरका अधिवेशनमा भएको समझदारीले पार्टीलाई नयाँ गतिमा लगेको सन्देश मिलेकाले दशौँ महाधिवेशनमा पनि सोही प्रकारको सन्देश दिन आग्रह गरेका थिए । एमालेको अर्को केन्द्रीय कमिटीको बैठक महाधिवेशनको अघिल्लो दिन मङ्सिर ९ गते चितवनको सौराहमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस