आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज (शुक्रबार) मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिन अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू -भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू -भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ ।

राती देशको पहाडी भू -भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार दिउँसो पहाडी भू -भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू -भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस