मध्य भोटेकोशीको आइपीओ आज बाँडफाँट हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मध्य भोटेकोशीको आइपीओ आज बाँडफाँट हुने


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज (शुक्रबार) बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ ।

आइपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४ दशमलव १९ गुणा बढी हो ।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस