काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौँमा हुने भएको छ ।
काँग्रेस निर्वाचन समितिले आज बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो ।
