अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध


१० कार्तिक २०७८, बुधबार


न्युयोर्क । अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार सवैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ ।

राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सवैलाई अनुरोध गरेको छ ।

उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सवैलाई अपिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस