भेट्रान्स फुटबल–आर्मीको जीत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भेट्रान्स फुटबल–आर्मीको जीत


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जीत दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गदै दोस्रो जीत दर्ता गराएको हो ।

पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । यस जीतसँगै आर्मीले २ खेलमा ६ अङ्क जोड्यो ।

आर्मीको जीतमा राजु तामाङले दुई गोल गरे भने विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे । यता फर्पिङका लागि भने निरज श्रेष्ठले एक गोल फर्काएका थिए ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी २१ टोलीलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टोली दोस्रो चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस